#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31015597961785743573822618074
नेपाल627974011712945267

कस्तो होला आजको मौसम ?

काठमाडौं ।

आज देशभरि सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको भए पनि मनसुनी वायुको प्रभाव भने कायम रहेको महाशाखाले जनाएको छ ।

आज प्रदेश नं. २ र प्रदेश ५ का केही भू–भागमा आंशिक बदली रहेको छ। अन्य क्षेत्रमा सामान्य देखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा समेत भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने बताइएको छ।

सम्बन्धित समाचारहरु