#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33053209998716764856924405924
नेपाल718214671834153013

७ वटा अस्पतालले उपचार गर्न मानेन, चहार्दाचहार्दै ज्यान गुम्यो, मृत्युपछि कोरोना पोजिटिभ 

सांकेतिक तस्बिर ।

मृत्यु आफैमा दु:खद हुन्छ तर कतिपय मृत्यु निकै दुखदायी हुने गर्छ । वीरगन्जकी २० वर्षीया एक महिलाले यसरी नै ज्यान गुमाइन् ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए ।

सुरुमा उनलाई आदर्शनगरस्थित एड्भान्स मेडिकेयर हस्पिटल पुर्‍याइयो । त्यहाँ भर्ना लिन नमानेपछि  नारायणी अस्थायी कोरोना (गण्डक) अस्पताल लगियो । त्यहा पनि भर्ना लिन नमानेपछि नारायणी बयोधा अस्पताल लगियो । तर बयोधाले पनि भर्ना लिएन ।

त्यसपछि उनलाई तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म लगियो । त्यहाँबाट फेरि वीरगन्ज हेल्थ केयर पुर्‍याइयो । तर त्यहाँ पनि उनलाई भर्ना लिन मानेन ।

त्यसपछि उनलाई पुन: दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पताल लगियो । दोस्रो पटक भर्ना लिन अस्पताल तयार भए पनि  त्यसबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

यसरी ज्यान गुमाएका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

सम्बन्धित समाचारहरु