#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30733119957169741448322361467
नेपाल627974011712945267

बाढी पहिरो पीडितका लागि चलचित्र पत्रकार संघ नेपालद्वारा रक्तदान

काठमाडौं । बाढी–पहिरोमा परेर घाइते भएकाहरुका लागि चलचित्र पत्रकार संघ नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार संघले सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा ४१ प्वाइन्ट रगत संकलन भएको संघका महासचिव समीर बलामीले जानकारी दिए ।

करिब १ सय जनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित भएका थिए । कोरोनाको संकटका बीचमा पनि सामाजिक दूुरी कायम गर्दै संघले गरेको रक्तदान कार्यक्रमले राम्रो सन्देश जाने संघको विश्वास छ ।

त्यस्तै कार्यक्रममा निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकास रौनियारलगायत संघका कार्यसमितिले पनि रक्तदान गरेका थिए । कोरोना महामारीका बीचमा पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको संघका अध्यक्ष दिनेश सिटौलाले जानकारी दिए । उनले भने–‘अहिले देशलाई कोरोनासँगै बाढी–पहिरोले आक्रान्त पारिरहेको छ । सम्पूर्ण नेपाललाई खुलेर काम गर्न असहज भैरहेको छ । तर पनि ‘रक्तदान,जीवनदान’ भन्ने सोचले संघले कार्यक्रमको आयोजना गरेको हो । जुन सहज रुपमा सम्पन्न भएको छ ।’

अध्यक्ष सिटौलाले संघद्वारा आयोजिन रक्तदान कार्यक्रममा स्वविवेकले उपस्थितित भएका सम्पूर्णलाई धन्यवाद दिएका थिए । संघले आगामी दिनहरुमा पनि यस्तै किसिमका सामाजिक हित हुने कार्यक्रमहरु गर्दै जाने अध्यक्ष सिटौलाको प्रतिबद्धता छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार