#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31024156962064743970322622389
नेपाल627974011712945267

सुजुकीको ‘स्मार्ट सेभेन डे अफर’

काठमाडौं ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले २६ साउनदेखि सुरु हुने गरी ‘स्मार्ट सेभेन डे अफर’ सार्वजनिक गरेको छ ।

यो योजना सुजुकीका सबै स्मार्ट हाईब्रिड रेन्ज गाडीमा लागू हुनेछ । बलेनो, एसक्रस, सियाज, इर्टिगा र एक्सएल ६ सुजुकीका स्मार्ट हाईब्रिड गाडी हुन् । यो योजना अन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँ सम्मको ‘बेनेफिट’ र दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् ।

कम्पनीले मात्र २५ प्रतिशतको डाउन पेमेन्टमा सहज फाइनान्सिङको व्यवस्था पनि गरेको छ । सीजी मोटोकर्पले एनआईसी एसिया बैंक लिमिटेडसँगको साझेदारीमा न्युनतम ८.२५ प्रतिशत ब्याज दरमा फाइनान्सिङको समेत घोषणा गरेको छ ।

यो योजना ३२ साउन सम्मका लागि नेपालभरका सबै ३५ वटै सुजुकी आउटलेटमा उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरु