बन्चरो प्रहार गरी आमाबाबुको हत्या, हत्यापछि प्रहरीलाई फोन

बन्चरो प्रहार गरी आमाबाबुको हत्या, हत्यापछि प्रहरीलाई फोन


संसारको सबैभन्दा ठूला र आदरणीय व्यक्तित्व हुन् आमाबाबु । हरेक आमाबाबुले आफ्नो छोराछोरीको प्रगतिका लागि जस्तोसुकै दुःख पीडा झेल्न तम्तयार हुन्छन् । त्यस्तै हरेक आमाबाबुले आफ्नो सन्ततीबाट भविष्यमा स्याहार सुसारको अपेक्षा राख्छन् । त्यसो त सन्ततीहरु पनि सबैभन्दा बढी माया र स्नेह आमाबुबालाई गर्छन् ।

तर विडम्वना कतिपय सन्तती त्यस्ता पनि हुन्छन् जो आफैलाई जन्मदिने आमाबाबुको हत्या गर्न पनि पछि पर्दैनन् । बिहिबार यस्तै एउटा घटना घटेको छ तेह्रथुममा ।

तेहथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

अनौठो त के छ भने कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि प्रहरीलाई फोन गरेका थिए । उनले घटनालगत्तै प्रहरीको फोन नम्वर १०० मा फोन गरेका हुन् । फोन गरेपछि उनी भने घटनास्थलबाट भागेका थिए ।

घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ । फोन आएलगत्तै परिचालित प्रहरीले उनलाई पक्राउ गरेका छन् । उनलाई पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली आज त्यसतर्फ लागेको छ । जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका सात महिनाकी छोरी अहिले मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।

Logo