#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31740418973894740808023358444
नेपाल666324291814248061

काठमाडौं उपत्यका तीन हप्ताका लागि ठप्पदेखि नेपाली रेलमार्ग तयारसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावस्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’ को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको चर्को विवादका बीच केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका छन् । आइतबार राति देउवाले १० वटा विभागमा ३ सय ९४ सदस्यहरु मनोनयन गरेका हुन् । देउवाको एकलौटी निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडल पक्षले आपत्ति जनाएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या आउँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो ।

त्यस्तैगरी कोरोनाको जोखिम बढेसँगै संघीय संसदका समितिहरुको बैठक प्रभावित भएको छ । कोरोनाका कारण संघीय संसदका समितिहरुको बैठक प्रभावित हुँदा महत्वपूर्ण विधेयकहरु समितिमै अड्किएका छन् । निरन्तर रुपमा बैठक सञ्चालन हुन् नसक्दा राज्य संचालनका लागि आवश्यक नीति नियम निर्माणका काम समेत प्रभावित भएका छन् ।

भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेलमार्ग तयार भइसकेको छ । साथै बिजुलापुरसम्मको रेलमार्ग निर्माण भइरहेको छ । बिजुलापुरासम्म भने चालू आवमा सकेर त्योभन्दा अघि निर्माणका लागि यो वर्ष नै ठेक्का सम्झौता गर्ने लक्ष्य रहेको महानिर्देशक मिश्रले जानकारी दिए । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु