कविता : बत्ती बालेर !

कविता : बत्ती बालेर !


बन्दाबन्दीकाबीच
आदेश तामेल गर्दै
सानो छोराले
बत्ती बाल्यो
घर बूढीले
आरती जगाइन्
र मैले बरण्डामा बसेर
अनुकूल राग अलाप्दै बाँसुरी बजाएँ,

तीन छक्क परेछन् जोरीपारी
छिमेकीहरूमा
खासखुस चल्यो
हामीले बत्ती बालेको देखेर
भन्दै थिए – ‘सत्ताको आदेश तामेल गर्यो फलानोले’

नाजवाफ थिएँ म
तपाईं नै भन्नुस् महासय !
मैले सही गरेँ या गलत ?

Logo