#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382500311652891045310832206606
नेपाल15983086243293115675
फाइल फोटो/नेपाली कांग्रेस पार्टी कार्यालय
काठमाडौं ।नेपाली काँग्रेसले त्रिभुवन विश्वविद्यालयमा भइरहेको अनियमितता र राजनीतीकरण एवं पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १८ दिनदेखि जारी विद्यार्थीहरुको अनशनप्रति सरकारी बेवास्तालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।काँग्रेसले एक विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसङ्गतिपूर्ण द्वन्द्वको खेल मैदान बन्दै जानु दुःखद् भएको उल्लेख गरेको छ ।प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं भन्ने उद्घोष साथ प्राज्ञिक, शैक्षिक एवं प्रशासनिक पदको नियुक्ति राजनीतिक भागवण्डामा नगरी ज्येष्ठता र प्राज्ञिक वरिष्ठताको आधारमा निश्चित मापदण्ड पारदर्शी ढङ्गले निर्धारण गरी नियुक्ति गर्नुपर्ने लगायतका ३३ बुँदे माग अघि सारेर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।संवादबाट समाधान खोज्नुपर्ने प्रक्रियातर्फभन्दा प्रजातन्त्रवादी प्राध्यापक सङ्घको नेतृत्वप्रति व्यक्तिगत पूर्वाग्रह राखेर मुद्दा दायर गर्ने कार्यले द्वन्द्व झनै बढ्ने देखिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् । सङ्घका अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सिना र महासचिव सहप्राध्यापक राजेन्द्र गौतममाथिको मुद्दा अविलम्ब फिर्ता लिएर वार्ता र संवादद्वारा समस्याको समाधान गर्न काँग्रेसले सरकार एवं त्रिवि प्रशासन समेतलाई आग्रह गरेको छ ।यसैगरी पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीहरु अनशनमा बसेको तीन साता पुग्न लाग्दा पनि सरकार र विश्वविद्यालयले समाधान खोज्न पहल नगर्नु दुःखद् रहेको उनले बताएका छन् । समस्त विद्यार्थीको भावना प्रतिनिधित्व गरेर विभिन्न जायज माग अघि सारेर अनशनमा बसेका विद्यार्थीहरुसँग अविलम्ब संवाद गर्न र माग पूरा गर्न काँग्रेसले सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।रासस

काँग्रेसद्वारा प्राध्यापक र विद्यार्थीसँग संवाद गरी माग पूरा गर्न आग्रह

फाइल फोटो/नेपाली कांग्रेस पार्टी कार्यालय

काठमाडौं ।

नेपाली काँग्रेसले त्रिभुवन विश्वविद्यालयमा भइरहेको अनियमितता र राजनीतीकरण एवं पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १८ दिनदेखि जारी विद्यार्थीहरुको अनशनप्रति सरकारी बेवास्तालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

काँग्रेसले एक विज्ञप्तिमार्फत त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसङ्गतिपूर्ण द्वन्द्वको खेल मैदान बन्दै जानु दुःखद् भएको उल्लेख गरेको छ ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं भन्ने उद्घोष साथ प्राज्ञिक, शैक्षिक एवं प्रशासनिक पदको नियुक्ति राजनीतिक भागवण्डामा नगरी ज्येष्ठता र प्राज्ञिक वरिष्ठताको आधारमा निश्चित मापदण्ड पारदर्शी ढङ्गले निर्धारण गरी नियुक्ति गर्नुपर्ने लगायतका ३३ बुँदे माग अघि सारेर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

संवादबाट समाधान खोज्नुपर्ने प्रक्रियातर्फभन्दा प्रजातन्त्रवादी प्राध्यापक सङ्घको नेतृत्वप्रति व्यक्तिगत पूर्वाग्रह राखेर मुद्दा दायर गर्ने कार्यले द्वन्द्व झनै बढ्ने देखिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् । सङ्घका अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सिना र महासचिव सहप्राध्यापक राजेन्द्र गौतममाथिको मुद्दा अविलम्ब फिर्ता लिएर वार्ता र संवादद्वारा समस्याको समाधान गर्न काँग्रेसले सरकार एवं त्रिवि प्रशासन समेतलाई आग्रह गरेको छ ।

यसैगरी पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीहरु अनशनमा बसेको तीन साता पुग्न लाग्दा पनि सरकार र विश्वविद्यालयले समाधान खोज्न पहल नगर्नु दुःखद् रहेको उनले बताएका छन् । समस्त विद्यार्थीको भावना प्रतिनिधित्व गरेर विभिन्न जायज माग अघि सारेर अनशनमा बसेका विद्यार्थीहरुसँग अविलम्ब संवाद गर्न र माग पूरा गर्न काँग्रेसले सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।रासस

सम्बन्धित समाचारहरु