#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30750369957355740504822387966
नेपाल627974011712945267

बीमा कम्पनीहरूलाई ५० प्रतिशत कर्मचारीबाट मात्रै काम गर्न निर्देशन

काठमाडौं । पछिल्लो समय विश्वव्यवापी रुपमा फैलिएको कोरोना भाइरस सङक्रमण उपत्यका लगायत देशैभरी जोखिम बढेको भन्दै बीमा समितिले ५० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा बोलाएर काम गर्न निर्देशन दिएको छ ।

दिनप्रतिदिन देशभर भाइरसको संक्रमितहरुको संख्या बढीरहेको बेला बीमा क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई आलोपालो गरेर काम गर्न  सुचना जारी गर्दै निर्देशन दिएको हो । सकेसम्म बीमा कम्पनीहरुले धेरै शाखाहरु सञ्चालन नगरी एउटै शाखाबाट काम गर्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई निर्देशन दिएको समितीले जनाएको छ । अहिलेसम्म मुलुकभर १९ वटा जीवन बीमा, २० वटा निर्जीवन बीमा र एउटा पुर्नबीमा कम्पनी सञ्चालनमा छन ।

त्यस्तै, कोरोना भाइरसको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले पनि यस अगाडि नै बैंकका कर्मचारीहरुलाई आलोपालो काम गर्ने व्यवस्था गर्न निर्देशन जारी गरिसकेको छ । काठमाडौं उपत्यका फोरमले पनि यस अगाडि अत्यावश्यक काम बाहेक अन्य स्थानीय तहबाट पाउने सेवाहरु बन्द गरेको छ ।

सरकारले पनि भिडभाड हुने क्षेत्र होटल तथा रेष्टुडेन्ट समेत सञ्चालनमा रोक लगाएको छ । यता, यातायात कार्यालयहरुले पनि सवारी साधनको नविकरणको काम पनि जोरबिजोर प्रणली लागु गरेको छ ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार