#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33055054998722765017924406153
नेपाल718214671834153013

देश विकासमा युवा परिचालन गर्न नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्तिदेखि कांग्रेस विवादसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासका लागि प्रयोग गर्न नसकिएको बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरिएको भर्चुअल सम्बोधनमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँले घटेको हो ।

संसदीय समितिले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रका सीमावर्ति जिल्लामा तयार पारेको स्ट्रीप नक्सा र सीमा सम्बन्धमा अध्ययन गरी जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । बधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकोे बैठकले परराष्ट्र, गृह र भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई त्यस्तो निर्देशन दिएको हो ।

त्यस्तैगरी लकडाउनका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो मात्रामा धेरैपछि खुम्चिएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवामा विधान मिच्दा बहादुर हुन्छु भन्ने मानसिकता देखिएको बताएका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्तो बताएका हुन् । पछिल्लो सयमा विभाग गठन गरेको शैली हेर्दा सभापति देउवाको मानसिकता बुझ्न सकिने उनको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोाला…..

सम्बन्धित समाचारहरु