#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31741460973907740813423359419
नेपाल666324291814248061

पूर्वमेयर गिरीको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त

फाइल फोटो

काठमाडौं ।

नेपाली काँग्रेसले पार्टीका धनुषाका नेता एवं जनकपुर नगरपालिकाका पूर्व मेयर कृष्ण गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

जनकपुरका प्रसिद्ध समाजसेवीसमेत रहेका गिरीको ७३ वर्षको उमेरमा साउन २७ गते राति काठमाडौँको मेडिसिटी अपस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काँग्रेसले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । काँग्रेसले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व गिरीले नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित समाचारहरु