#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31024156962064743970322622389
नेपाल627974011712945267

कोरोनाका कारण कतारमा रोजगारी गुमाउने नेपालीको सङ्ख्या बढ्दै

दोहा कतार ।

वैदेशिक रोजगारी अन्तर्गत नेपालीको प्रमुख गन्तव्य कतारमा कोरोनाका कारण जागिर गुमाउनेहरूको सङ्ख्या उच्च दरमा बृद्धि भईरहेको छ । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका पीडितहरूले भरेको फारामको नामावली राजदूतावासले जारी गरेसँगैको तथ्याङ्कले प्रमाणित गरेको छ।

२६ जुन २०२० देखि ११ अगस्ट २०२० सम्म ५ हजार ७५७ जनाले व्यक्तिगत र ३ हजार ६२८ जनाको नाम विभिन्न कम्पनिले दर्ता गरेको जनाइएको छ । करिब ४५ दिनमा प्राप्त उक्त पीडितहरूको फारामले कतारमा पीडितको अवस्था आंकलन गरे जस्तो सामान्य नरहेको पुष्टि भएको छ । कतारबाट भोलि बिहान (१४ अगस्ट) नेपाल एयरलाईन्सले ३० औँ सहजिकरण उडान गर्ने दूतावासले जनाएको छ । चार्टर उडानमार्फत यसअघि ५ हजार भन्दा बढी नेपाली स्वदेश फर्किसेकका छन् भने थप उडानको मिति पुनः अनिश्चित बनेको छ ।

नेपाल सरकारले भदौ १६ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ तर कतारमा कोरोनाका कारण जागिर गुमाउनेहरूको अवस्था झन् भयावह बन्दै गइरहेको छ । कतारका पीडितहरुलाई स्वदेश फर्काउन सरकारले बिशेष प्राथमिकता दिनु पर्नेमा अत्यन्त न्युन चार्टर फ्लाईट पठाउँदै आएको छ ।

कतार तथा खाडी राष्ट्रमा नियमित उडान खोल्न यहाँका सरोकारवालाहरूले नेपाल सरकार समक्ष माग गर्दै आएका छन् । कतारमा करिब साढे ४ लाख नेपाली कार्यरत रहेका छन् ।

सम्बन्धित समाचारहरु