#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30737361957243740698022373138
नेपाल627974011712945267

क्वारेन्टिनमा करेन्ट मृत्यु प्रकरण : परिवारलाई दश लाख र श्रीमानलाई जागिर

कञ्चनपुर ।

क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले १० लाख सहयोग उपलव्ध गराउने भएको छ । मृतक परिवारसँगको सहमति अनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ ।

नगरपालिकाले सहयोगसँगै मृतक ओडका श्रीमानलाई योग्यताका आधारमा कार्यालयमा जागीर दिने सहमति गरेको छ । यसैगरी ओड परिवारलाई थप राहतका लागि प्रदेश र सङ्घ सरकारसित पहल गर्ने तथा क्वारेन्टिन व्यवस्थापनको कमजोरी छानबिनका लागि समिति गठन गर्ने निर्णय गरिएको छ । नगरपालिकाका प्रमुख कर्णबहादुर हमालका स्वकीय सचिव गणेशसिंह ऐरीले ओडको मृत्यु भएपछि नगर प्रमुखले सार्वजनिक रुपमा गरेको प्रतिवद्धता अनुसार सहयोग गरिएको बताए ।

विहिबार बिहान नगर प्रमुख हमाल र सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी लगायतले मृतक ओडका घरमै पुगेर किरिया खर्चवापत २५ हजार परिवारका सदस्यलाई हस्तान्तरण गरेका थिए। मङ्गलबार कृष्णपुर–६ स्थित महाकाली माविको क्वारेन्टिनमा करेन्ट लागेर ओडको मृत्यु भएको थियो । स्थानीय बासिन्दा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीले नगरपालिकाको कार्यालयसमेत तोडफोड गरेका थिए ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार