#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33055054998722765017924406153
नेपाल718214671834153013

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

रुस ,
कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ ।

चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले जानकारी दिए।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौं बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ ।

बहुचर्चित रुसी औषधी यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए ।
रुसले बनाएको भनिएको औषधीले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधी किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ ।रासस

सम्बन्धित समाचारहरु