#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30733119957169741448322361467
नेपाल627974011712945267

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्तादेखि बार्सिलोनाको ७४ वर्षपछिको ठूलो हारसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन वार्ता भएको छ । भारतको स्वतन्त्र दिवसको अवसरमा शुभकामना दिन दुई प्रधानमन्त्री बीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । टेलिफोन वार्तामा समसामयिक विषय र कोभिड–१९ का सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङक्रमण बढ्दै गएसँगै विभिन्न स्थानमा शिल गरिएको छ । पछिल्लो समय कोरोना भाइरसको जोखिम बढेसँगै शनिबारसम्म उपत्यकाका २९ स्थान शिल गरिएको छ ।

वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संक्रामक रोग सम्बन्धी ‘आउट डेटेड कानुन’ को प्रयोग भएकाले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी नतिजा आउन नसकेको बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता देवकोटाले त्यस्तो बताएका हुन् ।

त्यस्तैगरी सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरोमा परि ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा ११ शव भेटिएको र आज बिहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । उक्त पहिरोमा परि २६ जना अझै बेपत्ता छन् ।

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी क्लब बार्सिलोनालाई ८–२ गोल अन्तरले हराएको छ । पोर्चुगलमा भएको खेलमा बार्सिलोनाले लज्जास्पद हार ब्यहोर्न पुगेको हो । बार्सिलानाको यो हार ७४ वर्ष पछिको ठूलो हार हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार