#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30730571957152741455922358860
नेपाल615933901738343820

लिदी पहिरोः मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो, बेपत्ताको खोजी जारी

file photo

काठमाडौं ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लिदीमा शुक्रबार गएको पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित घटनास्थलको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सरेश नेपाल लगायतको टोली पहिरोस्थल पुगी घटनास्थलको अवलोकन गरेको हो । सो अवसरमा प्रदेशबाट पहिरो प्रभावितका लागि राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

त्यहाँ क्षति भएका र अन्य गरी १७२ घरधुरीलाई अहिले अस्थायीरूपमा नजिकै सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको र तत्काल यो कार्य गरिने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए। त्यस्तै दीर्घकालीनरूपमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित स्थानमा सारिने उनले बताए । वाग्मती प्रदेश सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा पूरै घर प्रदेश सरकारले नै निर्माण गरेर हस्तान्तरण गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २३ जना बेपत्ता छन् ।

लिदी पहिरोमा ३८ जना हराइरहेका भनिए पनि थप एक जना पनि हराएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललले जानकारी दिए । नेपाली सेना, प्रहरी र स्थानीयवासीले पहिरो हटाएर शव निकालेका हुन् । पहिरोले एउटा बस्ती नै पुरेको थियो । बेपत्ताको स्थानीय, प्रहरी, नेपाली सेनाबाट खोज तथा उद्धार जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार