सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै

सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै


काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि वैशाख १७ र २० गते पनि पार्टीको सचिवालय बैठक बसेको थियो । आज दिउसो ३ बजे सचिवालय बैठक बस्ने तयारी छ ।

विहिबार स्थायी कमिटीको बैठक बस्ने भएकाले सो बैठकमा छलफल गरिने विषय आजको सचिवालयमा बैठकमा छलफल हुने बताइएको छ ।

२० गतेको सचिवालय बैठकले २४ गते पुनः सचिवालय बैठक बस्ने र २५ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको थियो । पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेताहरु समस्या समाधानका उपायमा केन्द्रित देखिएका छन् ।

Logo