दिल्लीमा पेट्रोल १.६७ र डिजेल ७.१० भारुले बढ्यो

दिल्लीमा पेट्रोल १.६७ र डिजेल ७.१० भारुले बढ्यो


काठमाडौं । भारत सरकारले दिल्लीमा पेट्रोल र डिजेलमा भ्याट बढाएको छ । दिल्ली सरकारले कोरोना विरूद्धको लडाइमा रकम संकलन गर्न इन्धनमा भ्याट बढाएको हो ।

कोरोनाका कारण आर्थिक संकट देखिएसँगै दिल्ली सरकारले यस्तो निर्णय गरेको जनाइएको छ । त्यसलगत्तै दिल्लीमा पेट्रोल १.६७ र डिजेल ७.१० भारुले महँगिएको छ । दिल्ली सरकारले यो निर्णय गरेसँगै पेट्रोलको मूल्य ७१.२६ रुपैयाँ प्रति लिटर पुगेको छ । भने डिजेलको मूल्य ६९.३९ भारु प्रति लिटर पुगेको छ । अब पेट्रोलमा भ्याट १६.४४ रुपैयाँ प्रति लिटर र डिजेलमा १६.२६ रुपैयाँ प्रति लिटर भ्याट कायम गरिएको छ ।

दिल्ली सरकारले लकडाउको कारण लगातार घटिरहेको पेट्रोल तथा डिजेलको मूल्य ५० दिन पश्चात बढाएको हो । त्यस्तै कोरोनाका कारण अहिले सबै प्रदेशहरुको आम्दानी घटेको भन्दै अन्य प्रदेशहरुले पनि भ्याट बढाउन सक्ने जनाइएको छ ।

Logo