तीन चरणमा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

तीन चरणमा उद्योग सञ्चालन गर्ने सरकारको तयारी


काठमाडौं । सरकारले तीन चरणमा उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । लामो समयदेखि गरिएको लकडाउनका कारण देशको अर्थतन्त्रमा असर पर्ने भएकाले तीन चरणमा उद्योग सञ्चालन गर्ने सरकारी तयारी रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

लकडाउनका कारण उधोगधन्दा, कलकारखाना, व्यापार व्यवसायसमेत ठप्प हुँदा देशको अर्थतन्त्र धरापमा पर्ने सम्भावना भएकाले उद्योग सञ्चालन गर्ने तयारी गरिएको मन्त्री भट्टको भनाइ छ । उनले भने–‘पहिलो चरणमा अत्यावश्यक र खाद्यन्न उत्पादन गर्ने, दोस्रो चरणमा पूर्वाधारको निर्माण क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग सञ्चालन गर्ने गरी उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेकाे छ ।’

उच्चस्तरीय समितिले कोरोना भाइरस असर, लकडाउनको मोडालिटि र उद्योग सञ्चालनको मोडालिटीको अन्तिम सुझाव तयार पार्ने र मन्त्रिपरिषद्बाट निर्णय हुने जनाइएको छ । मन्त्रालयका अनुसार उद्योग सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने जस्ता सुरक्षाका उपाय अपनाउने कार्यविधि समेत बनाइएको छ ।

Logo