#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
दोहा कतार ।कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न विश्वबाट नेपालमा सहजीकरण उडानहरू भई रहेका छन् । उक्त उडानहरू नेपाल तथा हिमालयन एयरलाइन्सले गरिरहेको भए पनि कतारबाट आज राति हुने तय भएको हिमालयन एयरलाइन्सको उडान अनिश्चित कालका लागि स्थगित गरिएको छ ।कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको पत्र बमोजिम अर्को सूचना जारी नभए सम्मका लागि उडान स्थगित गरिएको नेपाली राजदूतावास दोहा कतारका द्वित्तीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् । उडान स्थगनसँगै टिकट लिएका यात्रुहरू अन्योलमा परेका छन् । त्यस्तै भोलि युएईदेखि तय भएको नेपाल एयरलाइन्सको उडान पनि विविध कारणले स्थगित भएको जनाइएको छ । कतारबाट भोलि राति नेपाल एयरलाइन्सले उडान भर्ने सम्भावना रहेको छ ।मध्यपूर्वका खाडी राष्ट्रमा कोरोनाका कारण जागिर गुमाउने नेपालीहरूको सङ्ख्या दिन प्रतिदिन बढी रहेको छ । दोहाबाट नेपाल तथा हिमालयनले ३० पटक तथा कतार एयरवेजले पाँच पटक उद्धार उडान गरी सकेका छन् ।

कतारबाट हिमालयन तथा युएईबाट नेपाल एयरलाइन्सका उडान स्थगित

दोहा कतार ।

कोरोना भाइरसका कारण प्रवासमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न विश्वबाट नेपालमा सहजीकरण उडानहरू भई रहेका छन् । उक्त उडानहरू नेपाल तथा हिमालयन एयरलाइन्सले गरिरहेको भए पनि कतारबाट आज राति हुने तय भएको हिमालयन एयरलाइन्सको उडान अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको पत्र बमोजिम अर्को सूचना जारी नभए सम्मका लागि उडान स्थगित गरिएको नेपाली राजदूतावास दोहा कतारका द्वित्तीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् । उडान स्थगनसँगै टिकट लिएका यात्रुहरू अन्योलमा परेका छन् । त्यस्तै भोलि युएईदेखि तय भएको नेपाल एयरलाइन्सको उडान पनि विविध कारणले स्थगित भएको जनाइएको छ । कतारबाट भोलि राति नेपाल एयरलाइन्सले उडान भर्ने सम्भावना रहेको छ ।

मध्यपूर्वका खाडी राष्ट्रमा कोरोनाका कारण जागिर गुमाउने नेपालीहरूको सङ्ख्या दिन प्रतिदिन बढी रहेको छ । दोहाबाट नेपाल तथा हिमालयनले ३० पटक तथा कतार एयरवेजले पाँच पटक उद्धार उडान गरी सकेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार