नेपालमा कोरोना संक्रमित कहाँ कति ?

नेपालमा कोरोना संक्रमित कहाँ कति ?


काठमाडौं ।

नेपालमा हालसम्म आधिकारिकरुपमा पुष्टि भएका संक्रमितको संख्या ७५ छ । संक्रमितमध्ये पुरुष ५८ र महिला १७ जना छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, २ मा १३ र बागमती प्रदेशमा ७ जना संक्रमित छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा २ जना र प्रदेश नं. ५ मा १७ र सुदूरपश्चिममा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म संक्रमित फेला परेका छैनन् । जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् । उपचाररत संक्रमितको संख्या ५९ छ।

विराटनगरमा ३१, नेपालगन्जमा १६, वीरगन्जमा ९, धनगढीमा १, भरतपुरमा १ र रुपन्देहीमा १ जनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आइसोलेसनमा बसिरहेका सम्भावित संक्रमितको संख्या १ सय ६ जना रहेको छ।

Logo