#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32450177988274751033023951573
नेपाल693014531843750411

नेपाली युवाको ‘इन्ट्रेस्ट’ ले चीन चिन्तित : गोर्खा समुदाय किन इण्डियन आर्मीमा जान चाहन्छन् ?

काठमाडौं ।

नेपालको गोरखा समुदायका युवाहरु इण्डियन आर्मीमा भर्ना भएकोमा चीन चिन्तित छ । यसकारणले चीनले गोरखा युवाको अध्ययनका लागि काठमाडौंको एक एनजीओलाई १२.७ लाख नेपाली रुपैयाँ दिएको छ। चीन गोरखा समुदायका युवाहरू किन भारतीय सेनामा भर्ती हुन उत्सुक छन् भनेर जान्न चाहन्छ । स्रोतहरुका अनुसार जुन को पहिलो हप्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यानछिले नेपाली गैरसरकारी संस्था चाइना स्टडी सेन्टरलाई लगानी गरेकी छिन् । उनीहरूलाई धेरै कुराको अध्ययन गर्न भनिएको छ, जस्तै नेपालीहरु इण्डियन आर्मीमा भर्ती हुनाको कारण, नेपालको यस्तो इलाका जहाँ भारतीय सेनामा भर्ती हुन्छन् र उनीहरूको सामाजिक आर्थिक असर जस्ता कुराहरु समावेश छन् ।

ब्रिटिश आर्मीमा ४ गोरखा रेजिमेन्टहरू

इण्डियन आर्मीमा सात गोरखा रेजिमेन्ट छन् । यसमा करीव २८ हजार नेपाली नागरिकहरू छन् । रेजिमेन्टहरूको जम्मा ३९ बटालियन छन् । कुल मिलाएर जम्मा जम्मी ११ वटा गोरखा रेजिमेन्टहरू थिए जसमध्ये ४ वटा स्वतन्त्र भएपछि ब्रिटिश सेनामा भर्ती भए ।

भारतसँग पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं, नवौं र ११ औं गोरखा रेजिमेन्ट छन्, जबकि ब्रिटिश आर्मीसँग दोस्रो, ६ औं, ७ औं र १० औं रेजिमेन्ट छन् । गोरखा समुदायमा मुख्यतया चार फरक जातिहरू छन् (खस या क्षेत्री), गुरुङ, लिम्बु र राई ।

सन् १९४७ को सम्झौताले कुनै अर्थ राख्दैन : ओली

नेपाली गोरखाको भारतीय सेनामा भर्ती १९४७ मा भारत, बेलायत र नेपालबीच भएको सम्झौता पछि शुरू भयो । तर अब नेपाल यो सम्झौताको कुनै अर्थ नरहने बताउदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनका पूर्व प्रधानमन्त्री थेरेसा मेसँगको भेटमा पहिलोपटक यो मुद्दा उठाएका थिए ।

नेपालमा भारत विरोधी अभियान

स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी–बिप्लब (प्रतिबन्धित भूमिगत विद्रोही संगठन) ले नेपालका युवाहरुलाई गोरखा रेजिमेन्टमा आउन नदिन अभियान चलाएका छन् । सीपीएन–बिप्लबको सांस्कृतिक शाखाले भारत विरोधी अभियान चलाइरहेको छन् । यसका लागि नुक्कड नाटक, लोक नृत्य र अन्य सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदैछन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरालाई लिएर विवाद

भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा ८ मे मा उत्तराखण्डको धार्चुलाबाट लिपुलेखक जोड्ने ८० किलोमिटर लामो सडकको उदघाटन गरेपछि भारत र नेपालबीच तनाव सुरु भएको छ । नेपालले उक्त सडक उदघाटनको विरोध गरे । नेपालले पनि यो उसको क्षेत्र भएको दाबी गर्‍यो । र त्यसको केही दिन पछि, नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा देखाउँदै नयाँ नक्शा पनि जारी गर्‍यो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार