#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30588142953830738913122245181
नेपाल615933901738343820

कोरोनाले छोएन बीमा कम्पनीहरुलाई : यस्तो छ प्रगति

काठमाडौं ।

कोरोनाले मुलुकको अर्थतन्त्र तहसनहस बनाउँदा बीमा कम्पनीहरुले भने राम्रै प्रगति गरेका छन् । यतिबेला बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गरिरहेका छन् । सो वित्तिय विवरण अनुसार बीमा कम्पनीहरुले नाफा, बीमा शुल्क, जीवन बीमा कोष लगायतमा राम्रो प्रगति गरेको देखिएको छ ।

नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत झण्डै एक दर्जन जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको प्रगति विवरण सार्वजनिक गरेका छन् । विमांकिय मूल्यांकनपछि नाफा जोड्दा बीमा कम्पनीहरुको प्रगतिमा अझै वृद्धि हुने देखिएको छ । कोरोना भाइरसको संक्रमणसँग जुध्दै बीमा कम्पनीहरुले राम्रो प्रगति गर्न सफल भएका छन् । कोरोना संक्रमणका कारण सरकारले झण्डै चार महिना गरेको लकडाउनमा पनि बीमा कम्पनीहरुले अनलाईनका माध्यमबाट कारोबार गर्न सफल भए । जसका कारण पनि बीमा कम्पनीहरुले राम्रो प्रगति गर्न सफल भए । तर कोरोनाले अहिले बीमा कम्पनीहरुको प्रगतिमा समस्या नपारे पनि आगामी दिनहरुमा यसले चुनौती थप्ने देखिन्छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म नेप्सेमा सूचीकृत ७ वटा बीमा कम्पनीको खुद बीमा शुल्क बढेको देखिएको छ । यस अवधीमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीले सबैभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधीमा नेपाल लाइफले खुद बीमा २७ अर्ब ३४ करोड ३ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । यो बीमा शुल्क अघिल्लो वर्षको यसै अवधीको तुलनामा १९.७८ प्रतिशतले बढी हो । बीमा शुल्क वृद्धि गर्ने बीमा कम्पनीहरुमा नेशनल लाइफ, एसियन लाइफ, गुराँश लाइफ, एनआइसी नेपाल, प्राइमलाइफ र सूर्या लाइफ रहेका छन् । यी बीमा कम्पनीहरुमा नेशनल लाइफले १६.८४ प्रतिशत, सूर्या लाइफले १४.३३ प्रतिशत, प्राइम लाइफले १३.७८ प्रतिशत, एनआइसी नेपालले ११.१७ प्रतिशत र एसियन लाईफले ७.६९ प्रतिशतले खुद बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी, गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न ५ कम्पनीको खुद नाफा बढेको देखिएको छ । नाफा बढाउने बीमा कम्पनीहरुमा एसियन लाइफ, गुराँश लाइफ, नेशनल लाइफ, नेपाल लाइफ र सूर्या लाइफ रहेका छन् । जसमा सबैभन्दा बढी नाफा एसियन लाइफले कमाएको छ । यस अवधीमा एसियन लाइफले ७८.४२ प्रतिशत नाफा वृद्धि गरेको छ । नेपाल लाइफले सबैभन्दा कम १.४० प्रतिशत खुद नाफा कमाएको वित्तिीय विवरणले देखाएको छ ।

यस अवधिमा नाफा घट्नेमा एलआइसी नेपाल र प्राइम लाइफ इन्सुरेन्स रहेका छन् । एसियन लाइफ, गुराँस लाइफ, नेपाल लाइफ र प्राइम लाइफले बिमांकीय मूल्यांकनपछिको नाफा वित्तीय विवरणमा नजोडेको बताएका छन् । यस अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा एसियन लाइफ रहेको छ । दुई बीमा कम्पनीहरु प्राइम लाइफ र एनआइसी नेपालले खुद नाफा घटाएका छन् ।

त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म सातै वटा जीवन बीमा कम्पनीहरुले बीमा कोषको आकार बढाएका छन् । यस अवधीमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा कोषमा वृद्धि गरेको छ । यस कम्पनीले ४१.४१ ले बीमा कोष बढाएर ७ अर्ब ४२ करोड ७५ लाख २२ हजार रुपैयाँ पु¥याएको छ । त्यस्तै, सबैभन्दा कम नेशनल लाइफले २४.०१ प्रतिशत बीमा कोषको आकार बढाएको छ । त्यस्तै, एलआइसी नेपाल, प्राइम लाइफ, नेसनल लाइफ, र सूर्या लाइफले गत असारसम्म चुँक्ता पूँजीमा पनि वृद्धि गरेका छन् । जसमा सबैभन्दा बढी पूँजी वृद्धि गर्ने कम्पनी सूर्या लाइफ रहेको छ । यस कम्पनीले गत असारसम्म ७० प्रतिशतले चुँक्ता पूँजीमा वृद्धि गरेको छ । हाल यस कम्पनीको चुँक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा कम चुँक्ता पूँजी वृद्धि गर्ने बीमा कम्पनीमा नेशनल लाइफ रहेको छ । यस कम्पनीको चुक्ता पूँजी २.५ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार