#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33037113998144765204624386923
नेपाल718214671834153013

कोरोना कहर : बैंकहरु फेरि फर्किए डिजिटल कारोबारमा

काठमाडौं ।

कोरोना भाइरसको त्रासका कारण बैंकर्सले पुनः डिजिटल कारोबार गर्न जोड दिएका छन् । पछिल्लो समय बैंकका कर्मचारीहरुका पनि कोरोना संक्रमण बढेपछि बैंकर्सले सम्भव भएसम्म डिजिटल कारोबार गर्न आग्रह गरेका हुन् ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानहरुमा कोरोना संक्रमित बढेसँगै बैंकका कर्मचारीहरुमा पनि कोरोना जोखिम बढेको छ । जोखिम बढेपछि बैंक कर्मचारी तथा ग्राहकहरुलाई पनि सुरक्षित बनाउन बैंकर्सले घरबाटै डिजिटल कारोबार गर्न आग्रह गरेका हुन् । नेपाल बैंकर्स संघले सूचना जारी गरेरै डिजिटल कारोबार गर्न आग्रह गरेको संघका सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । ‘कोरोनाले जोखिम बढायो, डिजिटल कारोबार गर्नुको विकल्प छैन ।’ प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने ।

संघले डिजिटल बैंकिङ्गमा जोड दिँदै घरबाटै कारोबार गर्न आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न डिजिटल बैंकिङ्ग कारोबार गर्न संघले जोड दिएको हो । डिजिटल बैंकिङ्ग (मोबाइल र इन्टरनेट बैंकिङ्ग) को माध्यमबाट सबै प्रकारका बैंकिङ कारोबार गर्न सकिने भएकाले संघले डिजिटल कारोबार गर्न आग्रह गरेको हो । डिजिटल कारोबार गर्दा सेवाग्राही र बैंक कर्मचारी दुवै सुरक्षित हुने भएकाले सम्भव भएसम्म डिजिटल कारोबारमा जोड दिनुका साथै बैंकका शाखा कार्यालयहरुमा अनावश्यक भीडभाड नगर्न संघले आग्रह गरेको हो ।

संघका अनुसार खातामा रहेको रकम हेर्न, एउटा खाताबाट अर्को खातामा रकम जम्मा गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, विभिन्न बिलहरु भुक्तानी गर्न लगायतका विभिन्न कामहरु डिजिटल बैंकिङ्गबाट सजिलै गर्न सकिन्छ । जसका कारण सबै सुरक्षित पनि हुन सकिन्छ । त्यसका साथै ग्राहकलाई बैंकिङ कारोबार सम्बन्धी कुनै समस्या परेमा सम्बन्धित बैंकको शाखामा फोन मार्फत् सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न समेत संघले आग्रह गरेको छ ।

गत असार समान्तसम्म यस्तो छ डिजिटल बैंकिङ कारोबारको अवस्था

सरकारले डिजिटल आर्थिक कारोबारमा बढवा दिएसँगै डिजिटल कारोबार बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले डिजिटल कारोबार बढेको देखाएको छ । राष्ट्र बैंकका अनुसार एटिएमको माध्यमबाट ५४ अर्ब ७६ करोड रुपैँयाँ बराबरको कारोबार भएको छ । यस अवधीमा एटिएमको माध्यमबाट ६३ लाख २ हजार ८ सय ४६ वटा कारोबार भएका छन् । गत जेठसम्म ४६ लाख ६२ हजार ८ सय ५५ वटा कारोबार भएका छन् भने ४० अर्ब २७ करोड ७ लाख रुपैँयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, मोबाइल बैंकिङ मार्फत १८ अर्ब ८३ करोड ९० लाख, इन्टरनेटमार्फत १९ अर्ब ४ करोड ८० लाख रुपैँयाँ, डेबिटकार्ड मार्फत, २५ अर्ब ८९ करोड ४० लाख रुपैँयाँ, क्रेडिट कार्ड मार्फत ५८ करोड ४० लाख र प्रिपेड कार्ड मार्फत ३ करोड ६० लाख रुपैँयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी, वालेट मार्फत १० अर्व २२ करोड २० लाख रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) मार्फत ११ खर्ब भन्दा बढी कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सम्बन्धित समाचारहरु