#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31666018972405743613923257474
नेपाल666324291814248061

लकडाउनका कारण होस्टेल व्यवसाय धरासायी

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण होस्टेल व्यवसाय संकटमा परेको छ । हरेक वर्ष ५० हजार बढी विद्यार्थीहरुलाई सेवा दिँदै आएको नीजि क्षेत्रका होस्टल व्यवसायीहरुको कोरोनाको चपेटामा परेका हुन् ।
कोरोना संक्रमण न्यूनीकरणका लागि जारी भएको लकडाउनपछि व्यवसाय ठप्प छन ।

होस्टेलमा विद्यार्थी नभएको बेला सरकारले समेत समस्या सम्बोधन नगर्दा घरभाडा तिर्न समस्या भएको व्यवासायीहरुको भनाइ छ । अहिले सबैभन्दा ठूलो समस्या घरभाडा तिर्नु रहेको नेपाल होस्टल एशोसिएसनका अध्यक्ष भक्ति पाठकले बताए । उनले भने–‘घरभाडा नै सबैभन्दा ठूलो समस्या हो । गास र बासको पनि समस्या छ । सञ्चालक कर्मचारी सबै समस्यामा परेका छन ।’  देशभरी १५ सय होस्टेल व्यवसाय सञ्चालनमा रहेका छन । जसमा ८ हजार बढी कर्मचारी र १५ हजार व्यवसायीका आश्रित परिवार छन । सवा अर्बभन्दा बढी लगानी रहेको व्यवसायमा कोरोनाका कारण ठूलो समस्या उत्पन्न भएको उनले जानकारी दिए ।

होस्टेल सञ्चालनपूर्ण ऋण लिएका १५ प्रतिशत व्यवसायीहरु रहेको उनले बताए । होस्टेल सञ्चालनपछि विद्यार्थीहरुले समेत समयमा शूल्क नदिँदा सञ्चालन खर्च जुटाउन समेत ऋण लिने व्यवसायीहरुको संख्या ठूलो छ । कोरोनाले होस्टेल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनको भनाइ छ । सरकारले सहुलित दरमा ऋण उपलब्ध गराएर राहत दिए व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था हुने नभए पलायन हुँदै जाने उनको भनाइ छ । घरबेटीलाई समेत अहिले भाडा छुट दिन र बाँकी रकम किस्तामा तिर्न मिल्ने गरी व्यवस्था गर्न माग गरिएको उनले बताए ।

निजी क्षेत्रका होस्टेल व्यवसायीका लागि सरकारले तत्काल सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवसायीहरुको माग छ । घर बहाल सम्बन्धि स्पष्ट नीति राज्यले ल्याउन सके होस्टेल व्यवासय मात्रै नभएर अन्य क्षेत्रले पनि लाभ लिन सक्ने उनले बताए । दीर्घकालीन रुपमा नीजि क्षेत्रबाट सञ्चालिन होस्टेलहरुलाई विद्यालय र कलेजकै होस्टेलअनुसारको मान्यता र सेवा सुविधा दिनुपर्ने उनको भनाइ छ ।

सरकारले मौद्रिक नीतिमा अन्य क्षेत्रका व्यापार व्यवसायीहरुलाई केही राहत दिएपनि होस्टेल व्यवसायीहरुका लागि कुनै कार्यक्रम नआएको गुनासो व्यवसायीहरुको छ । लकडाउनपछि ठप्प रहेका व्यवसायहरु लकडाउन खुकुलो भएपनि शैक्षिक गतिविधि सुरु नुहँदा अझै सञ्चालनमा आउन सकेका छैनन् ।

सम्बन्धित समाचारहरु