#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691801956421740087422334506
नेपाल615933901738343820

देशको प्रतिक चिन्ह जलाउनेलाई कानुनअनुसार कारवाही गरौँ–प्रवक्ता शर्मा

फाइल फोटो/पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशको प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल नगरी तत्काल खोजी गरी कानुनअनुसार कारवाही गर्नुपर्ने बताएका छन् । मंगलबार ट्वीट गर्दै प्रवक्ता शर्माले त्यस्तो बताएका हुन् । नेपालको संवेदनशीलतामाथि जो कसैबाट हुने प्रहार क्षम्य नहुने उनको भनाइ छ ।

‘देशको झण्डा, नक्सा या अन्य कुनैपनी प्रतिक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न । तत्काल खोजी गर्ने, गिरफ्तार गर्ने र कानुनमा व्वस्था भए बमोजिम कडा कार्वाही गर्ने’–उनले ट्वीटरमा लेखेका छन्–‘नेपालको पहिचान र नेपालीको संवेदनशीलता उपरको प्रहार जोबाट होस् त्यो कहिल्यै क्षम्य हुन्न ।’

मंगलबार यूट्युवमा ‘मंगोल होप अफिसियल’ नामक च्यानलबाट सार्वजनिक भएको एउटा गीतको सुरुवातमै नेपालको राष्ट्रिय झण्डा जलाइएको देखाईएको थियो । उक्त भिडियो सामाग्री सार्वजनिक भएपछि व्यापक विरोध भएको छ ।

सम्बन्धित समाचारहरु