होटल व्यवसायीहरुले निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

होटल व्यवसायीहरुले निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी


काठमाडौं । होटल व्यवसायीहरुले निर्णय तत्काल फिर्ता नलिए आन्दोलन गर्ने होटल मजदूरहरुले चेतावनी दिएका छन् । उनीहरुले हानले लामो समय होटल बन्द गर्ने निर्णय गरेकाले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

होटल व्यवसायीहरुको आइतबार बसेको बैठकको निर्णय अनुसार बैशाख देखि ६ महिनासम्म तारे होटलहरु बन्द गर्ने र मजदूरहरुलाई १२.५ प्रतिशत तलब दिने निर्णय गर्दै विज्ञप्ति जारी गरिएको थियो । तर, होटल व्यवसायहरुले मजदूर सङगठनसँग समन्वय नगरि मजदूरको हित विपरित पेलेर अगाडि बढेको भन्दै सयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन् ।

व्यवसायी तथा हानको निर्णय विरुद्ध अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदूर संघ, नेपाल स्वतन्त होटल क्यासिनो तथा मजदूर रेष्टुरेन्ट युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सो चेतावनी दिएका छन्। विज्ञप्तिमा पर्यटन क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न विभिन्न चरणमा छलफल भइरहेको बेलामा तारे होटल सञ्चालक र हानले एकलौटी रुपमा निर्णय गरेको आरोप लगाइएको छ ।

संयुक्त रुपमा निकालिएको विज्ञप्तिमा भनिएको छ–‘मजदूरहरुलाई पेलेर जान खोजेको हानले मजदूरहरुसँग भएको वार्तालाई भंग गरी एकतर्फि रुपमा श्रमिकको पारिश्रमिक, सेवा सुविधाको विषयमा श्रम ऐन २०७४ को दफा १४५ प्रयोग गरी निस्कासनको धम्कि दिनु गम्भिर रहेको छ।’

Skip This
Logo