#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32448944988272751023023950442
नेपाल693014531843750411

काठमाडौं उपत्यकामा आज २०५ संक्रमित थपिए

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा २०५ संक्रमित थपिएका छन् । जस मध्ये ललितपुरमा ५०, भक्तपुरमा १७ र काठमाडौंमा १३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा हिजो पनि १७२ जना थपिएका थिए । यो सँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २ हजार ३३९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । आज १,०१६ जना थपिएका छन् । सोमबार ५८१ जना थपिएका थिए । आइतबार ६४१ जना थपिएका थिए । यस्तै शनिबार ४६८ थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १७ हजार ५८० पुगेको छ । आज  ८५ जना निको भएका छन् । सोमबार १६० निको भएका थिए । आइतबार १३४ जना निको भएका थिए । यस्तै शनिबार १२४ जना निको भएका थिए । हालसम्म ६५ प्रतिशत निको भएका छन् ।

मृत्यु हुनेको संख्या ११४ पुगेको छ । आज ७ जनाको मृत्यु भएको छ । सोमबार ३ जनाको मृत्यु भएको थियो । आइतबार पर्सा र मोरंगमा एक, एक जनाको मृत्यु भएको थियो । शनिबार ३ जनाको मृत्यु भएको थियो । यस्तै शुक्रबार ५ जनाको मृत्यु भएको थियो । संक्रमित शुन्य भएका जिल्ला ४ वटा छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार