#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33058557998747764992924409881
नेपाल718214671834153013

राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउदेखि विद्युत प्राधिकरणको निर्देशक बन्ने दौडधूपसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘देशद्रोही’ शीर्षकको विवादास्पद भिडियो बनाउने समूहका इशाक लिम्बुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको हो । सो गीतमा झण्डा जलाउनुका साथै अन्य विभिन्न विषयमा समाजमा खलल पुग्ने शब्द तथा दृष्यहरू समावेश गरिएको थियो । उक्त भिडियोप्रति चौतर्फी विरोध भएको छ ।

त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक व्यवस्था मिलाउने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको छ । साथै, विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि सरकारले २८ अर्ब बराबर सहुलियतपूर्ण ऋण लिने तथा राजस्व बोर्डको अध्यक्ष तथा सदस्यमा नयाँ पदाधिकारी नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै बैंकिङ कारोबार पुनः डिजिटल कारोबारतर्फ फर्किएको छ । पछिल्लो समय बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमण बढेपछि बैंकर्सले संभव भएसम्म डिजिटल कारोबार गर्न आग्रह गरेको थियो ।

त्यस्तैगरी देशभर पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वातै बढेसँगै खेलकुद क्षेत्र मारमा परेको छ । सोमबार नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अनिश्चितकालका लागि सम्पूर्ण खेलकुद गतिविधिहरु स्थगित गरेको छ ।

नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक बन्नका लागि दौडधूप सुरु भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि पूरा हुन् लागेसँगै प्राधिकरणको निर्देशक बन्ने दौडधूप बढेको हो । घिसिङको कार्यकाल यहि भदौ २९ गते पूरा हुँदैछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु