#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691232956396740102722333809
नेपाल615933901738343820

प्रदेश नं १ मा १३९ सङ्क्रमित थपिए, प्रदेशमा कूल सङ्क्रमितको संख्या २,२३२ पुग्यो

विराटनगर ।

प्रदेश नं १ मा मंगलबार १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार २३२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित मोरङमा १०५, झापामा २०, सुनसरीमा छ, सङ्खुवासभामा तीन, उदयपुरमा दुई, पाँचथर र प्रदेश १ बाहिरका दुई जना रहेको मन्त्रालयले जनाएको छ । मंगलबार सङ्क्रमण देखिएका मध्येमा ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना सङ्क्रमित भएका छन् । जसमा ३१ जना महिला र ६५ पुरुष छन् । बुढीगङ्गामा दुई महिला तीन पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, ग्रामथान र पथरी शनिश्चरेमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको दमकमा सात पुरुष, भद्रपुरमा एक महिला पाँच पुरुष, झापा गाउँपालिकामा दुई पुरुष, कन्काइमा एक महिला र झापाको स्थानीय तह नखुलेका चार जना पुरुष, सुनसरीको इटहरीमा एक महिला दुई पुरुष, धरानमा दुई महिला एक पुरुष, सङ्खुवासभाको सभापोखरीका तीन पुरुषको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा एकएक पुरुष, पाँचथरको कुम्मायकमा एक महिला र धनुषाका एक महिला र महोत्तरीका एक महिलामा कोरानाको सङ्क्रमण देखिएको छ । प्रदेश नं १ बाट आज ३४ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । घर फर्कनेमा कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरबाट १६ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार १३३ पुगेको छ ।

यसै प्रदेशमा मंगलबार दुई हजार ६३१ जनाको पिसीआर परीक्षण गरिएको छ भने हालसम्म ७० हजार १०२ जनाको पिसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार