#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31771441975315740941223386714
नेपाल666324291814248061

म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने चार जना पक्राउ

काठमाडौं ।

म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले ती चार जना पक्राउ गरेको हो । बाँकी ६ जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

भदौ १ गते अपलोड गरिएको उक्त भिडियो भाइरल भएपछि प्रहरीले मंगलबार दिनभरि ती व्यक्तिहरुको खोजी गरेको थियो ।

पक्राउ परेका चारै जना व्यक्तिमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । यस भिडियोका गायक गेल्जङ दोर्जे तामाङ हुन् । उनले एक युट्युव च्यानलमार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । जसको अहिले विरोध भइरहेको छ ।

सम्बन्धित समाचारहरु