#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31678780972783743626323269734
नेपाल666324291814248061

राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने छः सभामुख सापकोटा

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताएका छन् ।

नेपाली साहित्यमा राष्ट्रकविको योगदान युगौँयुगसम्म स्मरण भइरहने उल्लेख गर्दै ट्वीट्मार्फत सभामुख सापकोटाले उनीप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि ट्वीट गर्दै राष्ट्रकविको निधनले नेपाली साहित्य र वाङ्मयको क्षेत्रले एक विशिष्ट सर्जक गुमाएको उल्लेख गरेका छन् ।

यसैबीच दिवङ्गत राष्ट्रकविको आज अन्त्येष्टि गरिने भएको उनका पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ । अहिले उनको पार्थिव शरीर लैनचौरस्थित निवासमै राखिएको छ

सम्बन्धित समाचारहरु