#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31280603965668746014722854788
नेपाल652764271761147238

बैंकमा कोरोना कहर : कर्जा लगानी पुनः प्रभावित हुने

काठमाडौं ।

कोरोना भाइरस न्युनिकरणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित भएको कर्जा लगानी पुनः प्रभावित हुने भएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले निषेधाज्ञा गर्ने निर्णय गरेसँगै कर्जा लगानी प्रभावित हुने भएको हो । सरकारले गत चैत्र ११ गतेदेखि गरेको चार महिना लामो लकडाउन खुकुलो बनाएपछि केहि मात्रामा जान थालेको कर्जा फेरी सुस्ताउन थालेको छ । बैंकहरुमा निक्षेप थुप्रिँदा बैंकहरुलाई लगानीको चिन्ता बढेको थियो ।

कोरोनाका कारण उद्योग व्यापार व्यवसाय, पर्यटन लगायतका सम्पूर्ण क्षेत्र पूर्ण रुपमा प्रभावित छन् । यस्तो अवस्थामा लगानीको वातावरण नै छैन । जसका कारण अर्बाै‌ रुपैँयाँको तरलता बैंकमा थुप्रियो । ठूला ठूला योजना परियोजनामा लगानी गर्न नसके पनि केही बैंकहरुले घरजग्गा र गाडीमा धमाधम लगानी गर्न थाले । तर पहिलेको तुलनामा कर्जा लगानी हुन नसकेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

कोरोनाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु काठमााडौँ, ललितपुर र भक्तपुरमा आज राति १२ बजेपछि निषेधाज्ञा लागू हुँदैछ । आगामी दिनहरु झन विकराल हुने आँकलन गर्दै कर्जा लगानी अझै प्रभावित हुने अध्यक्ष दाहालको भनाइ छ ।

संघको तथ्यांक अनुसार साउन लागेसँगै बैंकहरुमा कर्जाको माग बढेको थियो । लकडाउन भएसँगै सुस्ताएको कर्जा लगानी साउन यता ११ अर्ब रुपैयाँले बढेको देखिएका छ । लकडाउन भरी बैंकहरुले जुन रुपमा निक्षेप संकलन गरे सोही रुपमा कर्जा लगानी गर्न सकेनन् । जसका कारण बैंकमा पैसा थुप्रियो । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा २ खर्ब भन्दा बढी अधिक तरलता रहेको छ । संघका अनुसार साउन पहिलो साता बैंकहरुले २८ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर साउनको दास्रो साता १ अर्ब रुपैयाँले घटेर २८ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको थियो ।

त्यस्तै, बैंकहरुले साउनको तेस्रो साता ५ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेको देखिएको छ । साउनको अन्तिम साता सम्म वाणिज्य बैंकहरुले २८ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ । त्यस्तै, साउन ३० सम्म बैंकहरुले ११ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् । बैंकले यस अवधिमा ३४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार