#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333279791002665767850624646808
नेपाल733944771901953898

कोरोना कहरका बीच पल्सर स्पोर्ट्स अवार्डको तयारी सुरु

काठमाडौं ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को तयारी सुरु गरेको छ । एनएसजेएफले मंगलबार एक विज्ञप्ति निकाल्दै नेपाली खेलकुदकै प्रतिष्ठित स्पोर्ट्स अवार्ड कार्यक्रम दशैँ अघि आयोजना गर्ने गरी तयारी सुरु गरिएको जनाएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र) को अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्पोर्ट्स अवार्डको तयारी सुरु गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाईएको छ । बैठकले अवार्डका कार्यक्रम अघि बढाउन ६ वटा समिति गठन गर्दै संयोजक समेत तोकेको छ ।

अवार्डको खेलाडी छनोट समितिको संयोजकमा सचिव गोविन्द रेग्मी, समारोह समितिमा उपाध्यक्ष निरञ्जन अधिकारी, सचिवालय समितिमा उपाध्यक्ष धुव्र तुलाधर, आर्थिक समितिमा कोषाध्यक्ष अन्जन खड्का, प्रचार–प्रसार समितिमा प्रवक्ता हिम बिक्रम केसी र ब्यवस्थापन समितिको संयोजकमा कार्यसमिति सदस्य सुजन श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

यस्तै बैठकले एनएसजेएफ एकेडेमीले तयार पारेको वार्षिक क्यालेन्डर २०७७ लाई स्विकृत गरेको छ । कोभिड–१९ बाट परिस्थिती अनुकुल रहेमा एकेडेमीले यस वर्ष कम्तिमा ७ कार्यक्रमलाई सञ्चालन गर्ने पनि एनएसजेएफले जनाएको छ ।

एनएसजेएफले स्पोर्ट्स अवार्डको १६ औं संस्करण पूरा गरिसकेको छ । एनएसजेएफले अवार्डमा विभिन्न १० विधाका खेलाडी र खेलकर्मीलाई पुरस्कृत गर्दै आइरहेको छ । गत वर्ष प्याराग्लाईडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्ष खेलाडी घोषित भएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार