#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420102987813749819123934098
नेपाल693014531843750411

काभ्रेमा कोरोना सङ्क्रमितको संख्या १०२ पुग्यो, २ जनाको मृत्यु

काभ्रे ।

काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । आज पाँच जना थपिएपछि सङ्क्रमितको सङ्ख्या जिल्लामा १०२ पुगेको छ ।

आज पुनः धुलिखेल अस्पतालका तीन कर्मचारी तथा बनेपा नगरपालिका–९ की २९ वर्षीय एक महिला र बनेपा नपा–१३ का एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । मङ्गलबार अस्पतालको छ कर्मचारीसहित १६ मा कोरोना सङ्क्रमण भएको थियो ।

केही दिनदेखि काभ्रेमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । सोमबार चार, आइतबार पाँच, शनिबार नौ र शुक्रबार १० मा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित काभ्रेलीको तथ्याङ्क उकालो लाग्दा यहाँका बासिन्दा त्रसित बन्दै गएका छन् । हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए। उनका अनुसार कुल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ जना उपचारपछि घर फर्किएका छन् । बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तह लगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा ३९ श्ययाको आइसोलेशन बेड व्यवस्थित गरेका छन् । पोष्टका अनुसार हाल स्थानीय तह लगायत संस्थाको क्वारेन्टिनमा ७६ पुरुष र १३ महिला बसेका छन् । छिमेकी भारत लगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका हुन् ।रासस

सम्बन्धित समाचारहरु