#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30991498961461744219822587839
नेपाल627974011712945267

नेकपा एमाले दर्तादेखि राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेकोे अन्त्येष्टिसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये निर्वाचन आयोगले नेकपा एमाले नामको राजनीतिक दल दर्ता गरेको छ । आयोगको बुधबार बसेको बैठकले नेकपा एमाले दर्ता गरेको हो । मोरङकी सन्ध्या तिवारीको अध्यक्षमा गत असार १२ गते दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन परेको थियो ।

त्यस्तै कोरोना भाइरस न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित भएको कर्जा लगानी पुनः प्रभावित हुने भएको छ । पछिल्लो समय काठमाडौँ उपत्यका लगायतका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले निशेधाज्ञा गर्ने निर्णयसँगै कर्जा लगानी प्रभावित हुने भएको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि मानिसहरुको आवागमन ठप्प नपारे विकराल अवस्था आउन सक्ने देखिएको भन्दै तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बुधबार मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी संघीय संसदको अध्यावधिक लोगो फिर्ता गरिएको छ । अध्यावधिक लोगो भद्दा भएको टिकाटिप्पणी भएसँगै लोगो फिर्ता गरिएको हो । संघीय संसद सचिवालयले डिजाइनअनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता पठाएको हो ।

मंगलबार १ सय २ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरको राष्ट्रिय सम्मानका साथ बुधबार अन्त्येष्टि गरिएको हो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्न सक्षम राष्ट्रकवि घिमिरेको निधनसँगै नेपाली साहित्य जगत् यतिबेला शोकाकुल बन्न पुगेको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु