#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32097341981967743522123680153
नेपाल678044361741449954

सिपिएलमा सन्दीप सहभागी टीमको विजयी शुरुवात, सन्दीपले एक विकेट लिए

काठमाडौं ।

मंगलबारदेखि शुरु भएको सिपिएल अन्तर्गत जमैका तल्लावाहले बुधबारको खेल जितेको छ । यो नेपाली क्रिकेटर सन्दीप लामिछाने अनुबन्धित भएको टीम हो ।

पहिलो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् । सन्दीपले सेन्ट लुसियाविरुद्धको खेलमा एक विकेट लिएका हुन् ।

उनले २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जड्रानलाई आउट गरेका हुन् । सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन दिएर एक विकेट लिएका थिए ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत जमैका तल्लावाहले खेलमा आफ्नो विजयी शुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा सेन्ट लुसियालाई ५ विकेटले पराजित गर्दै जमैका तल्लावाहले जित दर्ता गर्यो । सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य पछ्याएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सेन्ट लुसियाले २० ओभरमा ७ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

सम्बन्धित समाचारहरु