एफएओद्वारा नेपाललाई चार अर्ब ६९ करोड अनुदान

एफएओद्वारा नेपाललाई चार अर्ब ६९ करोड अनुदान


काठमाडौं ।
हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे छ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

अनुदान सहयोग सम्बन्धी सम्झौतापत्रमा आइतबार अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गरे । उक्त परियोजना प्रदेश नं १, २ र वाग्मती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित दुई लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिने छ ।रासस

Logo