#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31482599969298740321623110085
नेपाल652764271761147238

निषेधाज्ञा काठमाडौं: ५१० जना मानिस र ५९४ सवारी साधन सडकमै ‘होल्ड’

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ५१० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुमध्ये ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् । प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा ‘होल्ड गरेर कारवाही गरेको छ । उनीहरूलाई अबदेखि अनावश्यक काममा बाहिर ननिस्किने सर्तमा छाडिएको प्रहरीले जनाएको छ ।

त्यस्तै  ट्राफिक प्रहरीले पनि मापदण्ड विपरित निस्केका सवारीसाधनलाई ‘होल्ड’ गर्न थालेको छ । बिहिबार बिहान गाडी र मोटरसाईकल समेत  ५ सय ९४ सवारी साधन होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले जानकारी दिए । करिब ४ सय १० वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको छ ।

होल्ड गरिएका सवारी साधान साँझ ८ बजेपछि मात्र सवारी धनिले फिर्ता पाउँछन् ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका जिल्ला सुरक्षा समितीको निर्णय अनुसार आगामी १० गते रातिसम्म निषेधाज्ञा लागू गरिएको छ । आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार