#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31412007967543744163523002829
नेपाल652764271761147238

भारतमा एकैदिन झण्डै ७० हजार सङ्क्रमित थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जना सङ्क्रमित भेटिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरणअनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९ सय २६ सङ्क्रमित भएका हुन् । तीमध्ये छ लाख ८६ हजार ३ सय ९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८ सय ६६ पुगेको छ । तीमध्ये ९ सय ७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा कुल सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६ सय ६५ जना सङ्क्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् ।–रासस(एएनआई

सम्बन्धित समाचारहरु