#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31259032965323745106522842644
नेपाल641224111747846233

दक्षिण कोरिया: नियन्त्रणमा आइसकेको कोरोना फेरि फैलियो, नेपाली चिन्तित 

कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानी  सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ ।

जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।

विशेष गरी सभा , रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस सङ्क्रमण फैलिएको हो । हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ ।

भाइरस फैलिन थालेपछि त्यहाँका नेपालीहरू चिन्तित भएका छन् ।

कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार