#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31678698972782743625523269661
नेपाल666324291814248061

दुई कम्पनीको आइपीओ खुल्यो, कुनमा कति आवेदन दिनु उपयुक्त ?

आज बिहिबारदेखि दुई वटा कम्पनीले आईपिओ बिक्रि खुला गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले आईपिओ बिक्रि खुला गरेका हुन् ।

समाज लघुवित्तले ८६ लाख बराबरको ८६ हजारको कित्ता बराबरको शेयर निष्काशन गरेको हो । जस मध्ये १ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४३ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।  बाँकी रहेको ८० हजार ७ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन्  ।

कम्पनीको आईपिओ गोलाप्रथाबाट ८ हजार ७० जनाले मात्र पाउने देखिन्छ । त्यसैले १० कित्ताकोलागि आवेदन दिनु उचित देखिन्छ ।  यद्यपि आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि दिन सकिने छ  । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ ।

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । ३ जिल्ला कार्य क्षेत्र भएको यो कम्पनी सर्लाहीमा रहेको छ ।

त्यस्तै आजबाटै रिलायन्स लाइफ इन्स्योरेन्सले  प्रति कित्ता सय रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ  । जस मध्ये समान ५/५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याइएको छ।  बाँकि रहेको ५६ लाख ७० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

यस अघिका आईपिओमा ५ लाख जनासम्मको आवेदन परेको थियो । यो  कम्पनीको आइपिओमा २० कित्ताको लागि आवेदन दिन उचित देखिन्छ । यद्यपि लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि भदौ ८ गतेसम्मको समय तोकिएको छ ।

कम्पनीले शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।  कम्पनीको चुक्ता पुंजी १ अर्ब ४७ करोड रहेको छ ।

सम्बन्धित समाचारहरु