#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32092231981956743425323676022
नेपाल678044361741449954

जिमेल खुलेन ? गुगलको अन्य दर्जन बढी सेवा विश्वभर डाउन

गुगलका केही सेवाहरुमा बिहीबार समस्या देखिएको छ।

बिहीबार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ । नेपाल सहित विश्वका अन्य देशमा पनि यो समस्या देखिएको छ।

त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको छ । यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ।

गुगलले प्राविधिक समस्या भएका कारण सेवामा अवरोध सिर्जना भएको बताएको छ। यस समस्या बारे अनुसन्धान भइरहेको र छिटो भन्दा छिटो समस्या समाधान गर्ने गूगलले जनाएको छ । एजेन्सी

सम्बन्धित समाचारहरु