#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31482599969298740321623110085
नेपाल652764271761147238

निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा यस्तो देखियो (भिडियोसहित)

काठमाडौं ।

उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णय अनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।

उपत्यका लगायत देशभरी नै पछिल्ला केही दिन यता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढ्दै गएपछि गएरातिबाट निषेधाज्ञा जारी गरिएको हो । गएरातिबाट तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपनि उपत्यका सुनसान देखिएको छ । आज अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिवन्ध लगाइएको छ ।

अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन् । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रामा देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर यात्रा गर्नेहरुलाई होल्डिंग सेन्टरमा राखेको छ ।

चेकजाँचका क्रममा बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । निषेधाज्ञा अवधिभरी पसलहरु पनि बन्द गर्न भनिएको छ । विहान ७ बजेसम्म मात्रै खाद्यान्न लगायतका पसलहरु सञ्चालन गर्न दिइएको छ । निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ । हिजो मात्रै उपत्यकामा १५९ जना कोरोना संक्रमित थपिएका थिए ।

सम्बन्धित समाचारहरु