नेपालमा एकै दिन १६ जनामा कोरोना सङ्क्रमण, कूल संख्या ७५ पुग्यो

नेपालमा एकै दिन १६ जनामा कोरोना सङ्क्रमण, कूल संख्या ७५ पुग्यो


काठमाडौं ।
नेपालमा एकै दिन थप १६ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १६ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि आजै नौ जना संक्रमित भेटिएको नेपालगञ्जमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । यो सहित आजै नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब देशभर संक्रमितको संख्या ७५ पुगेको छ। १६ जना निको भएका छन् । आज पर्सामा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

Logo