विवाह लग्न न्यूनदेखि सीमा क्षेत्रमा गोली हाना हानसम्म (भिडियोसहित)

विवाह लग्न न्यूनदेखि सीमा क्षेत्रमा गोली हाना हानसम्म (भिडियोसहित)


काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये वैदिक विधिअनुसार विवाह गर्न चाहनेहरुका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । जसकारण अब यो वर्षमा विवाह गर्ने लग्न ११ वटा मात्र बाँकी रहेका छन् । साथै, यस वर्ष व्रतबन्धको शुभ साइत पनि चार वटा मात्र रहेका छन् ।

त्यस्तै नेपाल कम्युष्टि पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । शनिबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकमा नेताहरुले आत्मलोचना गरेसँगै नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते संघीय संसदको अधिवेशन आव्हान गरेकी छिन् । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले साे आव्हान गरेकी हुन् । अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संसदको दुवै सदनको अधिवेशन दिउसो ४ बजे शुरु हुने राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तैगरी काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमा आएको छ । काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिम कम गर्न नाकामा डिसइन्फेक्सन टनेल सञ्चालनमा ल्याइएको हो ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा सुरक्षाकर्मीहरु बीच गोली हाना हान भएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन सार्वजनिक भएको भोलिपल्ट पाँच वर्ष पछि दुई देशको सीमा क्षेत्रमा गोली हानाहान भएको हो । गोली हाना हान भएपनि कुनै मानवीय क्षति भने नभएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo