#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32097169981967743523223679970
नेपाल678044361741449954

उद्योग वाणिज्य महासंघको निर्वाचन : यस्ता छन् प्रस्तावित मोडालिटी

काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि विभिन्न मोडालिटी प्रस्ताव गरिएको छ ।

महासंघको निर्वाचनका विषयमा मोडालिटी तयार गर्न बनेको समितिले तीन वटा मोडालिटी प्रस्ताव गरेको छ । सो समितिले कोरोनाको जोखिम कम भएपछि तीन तहको निर्वाचन काठमाडौँमै गर्ने, भौतिक दुरी कायम गरेर बस्तुगत तथा एशोसिएटको चुनाव काठमाडौँ र जिल्ला नगरको चुनाव जिल्लामै गर्न सकिने तथा तेस्रोमा विद्युतीय मतदान गर्न सकिने लगायतका मोडालिटीको प्रस्ताव गरिएको छ । यी तीनवटा मोडालिटीमा आधारित भएर निर्वाचन गराउन सकिने समतिले जनाएको छ । समितिले स्वास्थ्य मन्त्रालय कोरोना रोकथाम, नियन्त्रण तथा उपचार केन्द्र (सीसीएमसी) लगायत विभिन्न विज्ञहरुसँग परामर्श गरी के गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी महासंघलाई बुझाउनेछ ।

गत चैतको अन्तिम साता हुने भनिएको महासंघको निर्वाचन कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले लकडाउन गरेसँगै स्थगित भएको थियो । सरकारले लकडाउन खुकुलो बनाएपछि गत साउन २६ र २७ गते महासंघको निर्वाचन तय भएको थियो । पछिल्लो समय काठमाडौं लगायतका विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढेपछि महासंघको निर्वाचन पुनः स्थगित भएको थियो ।

सम्बन्धित समाचारहरु