#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30691232956396740102722333809
नेपाल615933901738343820

रुसी सरकारका आलोचक नाभाल्नी अस्पताल भर्ना

मस्को । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना भएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

भ्रष्टाचार विरुद्धको फाउन्डेसनका सञ्चार सचिव किरा यर्मयशले दिएको जानकारी अनुसार बिहीबार बिहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उनले असहज महशुस गरेका थिए । ‘उनले उडानकै बेलामा अप्ठ्यारो महशुस गर्नुभएको थियो, ओम्स्कमा विमान आकस्मिक अवतरण गरिएको थियो’–सञ्चार सचिव किराले भने ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिए । अवस्था जटिल भएपछि उनलाई अहिले अति सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् ।

ओम्स्क विमानस्थलले पनि एक जना हवाई यात्रुको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्रु रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ ।–रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार