#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31771441975315740941223386714
नेपाल666324291814248061

दुई मन्त्रीबीच बालुवाटारमै भनाभनदेखि सीपीएलको पहिलो खेलमै सन्दीपले लिए विकेटसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई बीच बालुवाटारमै भनाभन भएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको छलफलमा दुई मन्त्री बीच भनाभन भएको हो ।

त्यस्तै कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडौंमा बुधबार रातिदेखि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको पहिलो दिन अत्यावश्यकीय बैंकिङ क्षेत्रका कर्मचारीलाई प्रहरीले रोक्ने र पक्राउ गरेपछि बैंकिङ क्षेत्र नै प्रभावित बनेको छ । प्रहरीको कडाईका कारण बिहीबार अधिकांश बैंकका शाखाहरु बन्द भएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा.पाण्डेले बताएका हुन् ।

त्यस्तैगरी पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको विषयमा अन्तर्राष्ट्रिय स्तरबाट निन्दा भएको छ । सैनिकहरूले नियन्त्रणमा लिएको केही घण्टापछि त्यहाँका राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए । तर, यस विषयमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको बीबीसीले जनाएको छ ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसिया विरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा लामिछानेको टिम जमैका तलावाज विजयी भएको थियो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु