नेपालमा कोरोना संक्रमितको संख्या ६९

नेपालमा कोरोना संक्रमितको संख्या ६९


काठमाडौं ।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६९ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल संक्रमितको संख्या ६९ पुगेको हो ।

आइतबार संक्रमित हुनेमा पर्सा जिल्लाका एक जना पुरुष र नेपालगंजका नौ जना रहेका छन् । जसमध्ये ५ पुरुष र ४ महिला रहेका छन् । उनीहरुकाे उमेर सात देखि ५८ वर्ष रहेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १३ हजार ४ सय १४ पीसीआर परीक्षण गरिएको छ । भने ४९ हजार ६ सय ८८ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७९ परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या २१ हजार ९ सय ५१ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या ७७ रहेको छ । जसमा उपत्यकामा ४ र उपत्यका बाहिर ७३ जना रहेका छन् ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।

Logo